Sunday, February 7, 2010

ई-शपिङ् किन अझै शुरु भएको छैन ?

यहाँहरुलाई पहिला जानकारी गराइएको झैँ हाम्रो ई-शपिङ् वेबसाइट अझै शुरु भएको छैन। पहिलो कुरा त म आजकल पढाइमा अलि व्यस्त भएको छु, यो व्यापार गर्ने कुरा मेरो लागि नयाँ हो। अनि अर्को कुरा, रिटेल र होलशेलरहरुसँगको कुरा सबै मिलिसकेको छैन । अनि नेपालमा ई-शपिङ् अझै धेरैको लागि नौलो विषय भएकोले हामीले केहि नयाँ तरिकाले बजारमा छिर्ने विचार गरिराखेकाछौँ, त्यहिभएर यसको सुरुवातमा केहि ढिलाइ हुन गएको छ । यहाँहरुलाई धेरै लामो समय प्रतिक्षा गराइराख्नुपरेकोमा हामी क्षमा-प्रार्थी छौँ । तर हामी अवश्य राम्रो र तपाइँहरुलाई मन पर्ने खालको ई-शपिङ् वेबसाइट लिएर आउनेनै छौँ ।

Thursday, December 31, 2009

ई-शपिङ् मा यहाँलाई स्वागत छ ।


देश-विदेशका उत्कृष्ट ईलेक्ट्रोनिक देखि लिएर लुगा-कपडा, घरायसि सामानहरु सबै चिजहरु अब घरमै बसिबसि पाउन यो ई-शपिङ्को स्थापना गरेका छौँ । हामी शुरुवाती अवस्थामा छौँ , छिट्टै नै हाम्रो नयाँ र आकर्षक वेबसाईट लन्च हुनेछ , त्यसको प्रतिक्षा गर्नुहोला । अहिलेलाई यो ब्लगमा यहाँलाई धेरै-धेरै स्वागत छ । तपाईँहरुको प्रतिकृया हाम्रोलागि बहुमूल्य हुनेछ ।